संखुवासभा, १५ असार । ‘मानो रोपेर मुरी उब्जाउने’ समय । असारको सुरुवातदेखि नै वर्षात भएकाले देशैभर धान रोप्ने चटारोले सबैलाई छपक्कै छोपेको छ ।
यस्तै चटारोमा छन्, संखुवासभाकन कृषकमा । जताततै धान रोपाईको ब्यस्तता बढेको छ । असारको दोस्रो सातासम्म संखुवासभामा करिब २० प्रतिशत रोपाई भएको छ । गत वर्षभन्दा यस वर्ष वर्षा छिटै भएकाले रोपाई छिटो भएको हो । जिल्लाका सबैजसो क्षेत्रमा रोपाई सुरु भैसकेको छ ।
जिल्लामा धेरैजसोले जर्नेली जातको धान रोप्ने गरेका छन् । गत वर्ष मनसुन ढिला हुँदा साउनको अत्यमा मात्र रोपाई सकिएको थियो । जिल्लाको सदरमुकाम खाँदबारी आसपासको क्षेत्रमा साउन महिनाको दोस्रो सातामा मात्रै रोपाई सुरु हुन्छ। यस क्षेत्रमा भदौ को पहिलो हप्ता सम्म रोपाई गर्ने गरिन्छ ।
बढी धान खेती हुने क्षेत्रहरुमा खाँदबारी, चेवाबेसी, वाना, जलजला, स्याबुन लगायत छन् । जिल्ला कृषि विकास कार्यालय संखुवासभाको तथ्यांक अनुसार १८ हजार सात सय ५० हेक्टरमा धान खेती हुने गरेको छ ।
















प्रतिक्रिया