२६ कार्तिक २०८३, बिहिबार

अनशनमा महिला नेतृहरूको दब्दबा, नीलम वर्माको नेतृत्वमा ४० आन्दोलनकारी

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahilaकाठमाडौं, १५ असार । मधेसी मोर्चासहितका दलहरू आवद्ध संघीय गठबन्धनले सुरू गरेको रिले अनसन २३औँ दिनमा प्रवेश गरेको छ ।

रिले अनसनको नेतृत्व राष्ट्रिय मधेस समाजवादी पार्टीका उपाध्यक्ष नीलम वर्माले गर्नुभएको रामसपाका प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।

अनसनमा विभिन्न दलका ४० जना नेता तथा कार्यकर्ताहरू बसेका छन् । आजको रिले अनसनमा महिला नेतृहरूको धेरै उपस्थिति रहेको छ ।

Rile Ansan

संविधान पुनर्लेखनको माग गर्दै आएको संघीय गठबन्धनले जेठ २५ गतेदेखि रिले अनसन सुरू गरेको हो । अनसन असार मसान्तसम्म चल्नेछ ।

अनसनप्रति प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ऐक्यवद्धता जनाइ सकेको छ । अन्य राजनीतिक दलहरूले पनि ऐक्यवद्धता जनाइरहेको रामसपाका प्रवक्ता झाले बताउनुभयो ।