१ कार्तिक २०८३, आइतबार

रोकिएन तिनाउमा दोहन, सशस्त्र प्रहरीकै आँखा अगाडि अवैध धन्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doger-khola

– नरेश केसी

भैरहवा, १४ असार । स्थानिय प्रशासनले मात्रै नभई सरकारको मन्त्री स्तरीय निर्णयले समेत रुपन्देहीको तिनाऊ नदीको निश्चित क्षेत्रलाई ढुंगा गिट्टी उत्खननको लागी पुर्णतया निषेधित क्षेत्र घोषणा गरेको आधा दशक हुन थाल्यो । तर आधा दशकदेखी निषेधीत उक्त क्षेत्रबाट ठूलो परिणाममा अबैध रुपमा ढुंगा गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा स्थानिय विकास अधिकारी युवराज सुवेदीको नेतृत्वले एक स्काभेटर सोमबार बरामद गरेको छ ।

बा १ च ६४६९ नम्बरको उक्त स्काभेटरले नवनिर्मित अमुवा पुलदेखी ६० मिटर दुरी भित्रै अबैध रुपमा ढुंगा गिट्टी उत्खनन गरिरहेको सूचना आएपछि आफुहरु त्यहां पुगेको स्थानिय विकास अधिकारी सुवेदीले जनाए । सुवेदीले भने ‘सूचनाका आधारमा हामी त्यहां पुग्दा अबैध रुपमा स्काभेटरले उत्खनन गरिरहेको थियो । हामीले प्रहरीलाई बोलाई त्यसलाइ बुझाएका छौं । निषेधित क्षेत्रमा गैरकानुनी काम गर्नेलाई कडा कारबाहि हुन्छ ।’

सो स्काभेटरले उत्खनन गर्ने र टिप्परहरु मार्फत ढुंगा गिट्टी नजिकैको क्रसर उद्योगहरुमा स्टक राखी बेच्ने गरेको स्थानियले जनाएका छन् ।

तिनाऊ खोलामा जथाभावी उत्खनन गर्दा खतरा बढे पछि केही वर्षदेखी उत्खनन ठप्प छ । स्थानिय अनुगमन समितीले अन्य समयमा पुलको ५ सय मिटर दाया र बायां उत्खनन गर्न नपाइनेगरी पुर्णतया निषेध गरेको छ । तर अमुवाको पुल नजिकै ६० मिटर भित्र दिनदहाडै अबैध उत्खनन हुदां नजिकै रहेको शसस्त्र प्रहरी र जनपद प्रहरी रमिते बनेर बसीरहेका छन् । अबैध रुपमा उत्खनन भइरहेको अमुवा पुल नजिकै शसस्त्र प्रहरीको सुरक्षा बेस अमुवा शसस्त्र प्रहरी निरीक्षक सुरज क्षेत्रीको कमाण्डमा रहेको छ ।

स्थानिय जिल्ला अनुगमन समितीले वातवरणीय प्रभाव मूल्यांकन (इआइए) समितीले जेठ १५ देखी रुपन्देहीका खोलानालामा ढुंगा गिट्टी उत्खननमा तीन महिनाकोलागी रोक लगाएको छ ।

यसरी जिल्लाभरीका खोला नालामा ढुंगा गिट्टी उत्खननमा रोक लागीरहेको बेला शसस्त्र प्रहरीको नाकै अगाडी स्काभेटर लगाएर दिनदहाडै अबैध कार्य हुनुमा ठूलो चलखेल भएको देखिन्छ । शसस्त्र प्रहरीको सुरक्षा बेस अमुवाको ५ सय मिटर भित्र यसरी चोरी कार्य हुनु गलत भएन र भनी हामीले शसस्त्र प्रहरी बल अमुवा पोस्टका प्रमुख सुरक्ष क्षेत्रीलाई सोध्दा उनले दिनदहाडै पुल नजिकै गलत खनिरहेको थियो जुन अत्यन्तै गलत हो । हामीलाई जानकारी नदिई यस्तौ अबैध कार्य गरनेलाई कारबाहि हुन्छ ।

स्मरण होस् शसस्त्र प्रहरी बलको सो क्षेत्रमा नियमित गस्ती हुने गर्दछ । अबैध कार्यमा संलग्न स्काभेटर ठेकेदार माधव ज्ञवालीको रहेको बुझिएको छ ।