१ कार्तिक २०८३, आइतबार

अपर पिलुवाखोला दोस्रो जलविद्युत् दुई वर्षभित्रमा बन्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

piluwa image– योगेन्द्रकुमार जोगी

संखुवासभा, १४ असार । संखुवासभा जिल्लामा रहेको ४ दशमलव ७ मेगावाटको अपर पिलुवाखोला दोस्रो जलविद्युत् आयोजना दुई वर्षभित्र बन्ने भएको छ ।

उक्त आयोजनामा नेपाल बंगलादेश बैंकको अगुवाइमा लगानी हुने भएको छ । आयोजना प्रवद्र्धक मेन्छियम हाइड्रोपावर कम्पनी र नेपाल बंगलादेश बैंकबीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ८५ करोड रुपैयाँ लागत रहेको आयोजनामा ७० प्रतिशत बैंक तथा ३० प्रतिशत प्रवद्र्धकको ऋण तथा स्वपुँजी संरचनामा निर्माण गर्न लागिएको हो ।

एनबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना तथा मेन्छियम हाइड्रोपावरका अध्यक्ष दीपक खड्काले आयोजित एक कार्यक्रमबीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

४ दशमलव ७ मेगावाट क्षमतको उक्त आयोजना २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको खड्काले जानकारी दिए ।

जिल्लामा रहेको सिद्धकाली तथा मवादिन गाविसमा पर्ने पिलुवा खोलाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरण बानेश्वर सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा आपूर्ति गरिने खड्काले बताए ।