सिन्धुली, १४ असार । सिन्धुलीका ५० गाविसमध्ये रानीवास गाविसमा रहेको स्थानीय शान्ति समिति प्रथम भएको छ ।
स्थानीय शान्ति समितिको कार्यालय सिन्धुलीले गरेको अनुगमनका आधारमा रानीवास पहिलो भएको हो । शान्ति समितिले द्वन्द्व व्यवस्थापनसँगै स्थायी शान्ति र दिगो विकासमा निकै उल्लेखनीय भूमिका निर्वाह गरको स्थानीय शान्ति समितिका संयोजक राजकुमार कार्कीले जानकारी दिनुभयो ।
शान्ति समितिले विभिन्न स्थानमा गएर अनुगमनसँगै कामको मूल्याङ्नका आधारमा स्थानीय शान्ति समिति रानीवासलाई पानस, सम्मानपत्र र प्रोत्साहनस्वरुप रु छ हजार सहित सोमबार सम्मान गरिएको छ ।
गाविसस्तरमा गरेको कार्यको उच्च मूल्याङ्कन, शान्ति कायममा गरेको भूमिका र जिल्लास्थित स्थानीय शान्ति समितिको सम्पर्कमा रही सदैव काम गर्दै आएको शान्ति समिति रानीवासका संयोजक टलकबहादुर बस्नेतले बताउनुभयो । यो सम्मानले अझै राम्रा काम गर्ने उत्साह जागेको बस्नेतको भनाइ छ । रासस















प्रतिक्रिया