बाजुरा, १३ असार । नागरिक समाज बाजुराले साँफे मार्तडी सडक नियमित सञ्चालनको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
वर्षात सुरु भएसँगै बाटो अवरुद्ध भएको बारे ध्यानाकर्षण गराउँदै नागरिक समाजले जिल्ला प्रशासन कार्यालयमा ४ बुँदे माग सहीत ज्ञापन पत्र बुझाएको हो ।
नागरिक संघ संगठनमा आवद्ध प्रतिनिधिहरुको टोलीले प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठलाई सामूहिक हस्ताक्षर गरिएको माग सहितको ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र मार्फत साँफे–मार्तडी अन्तर्गत तिपाडा–मार्तडी सडक नियमित गर्नुपर्ने, साँफे –मार्तडी सडक कालो पत्रे कार्य तत्काल सूचारु
गर्नु पर्ने, साँफे –मार्तडी सडक सञ्जालमा पर्ने गुईगाड र ताँप्रीसेराका पक्की पुल निर्माण कार्य तत्काल सम्पन्न गरि र निर्माण सम्पन्न भईसकेका
तिपाडा, कोर्धीलीगाड खोलाको पुल तत्काल सुचारु गर्नु पर्ने माग उल्लेख गरिएको छ ।
पानीले सडक बिग्रीएको र कच्ची भन्दै जिप व्यवसायीले लिदै गरेको मनोमानी भाडादर घटाउनुका साथै सर्वपक्षिय सहमतिमा भएको निर्णय कार्यान्वन नगरे, कारवाही पक्रिया अघि बढाउन माग गरेको छ ।













प्रतिक्रिया