१९ कार्तिक २०८३, बिहिबार

लालढुङ्गामा ईलाका प्रशासन स्थापना, दश हजार बचत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Nagrikta Citizenship– राजेन्द्र ठगुन्ना

डडेल्धुरा, १३ असार । डडेल्धुरा जिल्लाको भित्रि मधेश क्षेत्रमा आइतबारदेखि ईलाका प्रशासन कार्यालयले आफ्नो कामकाज सुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहले ईलाका प्रशासन कार्यालयको आइतबार औपचारिक रुपमा उद्घाटन गरी कामकाज शुरु गराएको हो ।

जिल्ला सदरमुकामदेखि करिव ८५ किलोमिटर टाढा रहेको परशुराम नगरपालिका ७ लालढुङगा बजार जोगबुडामा ईलाका प्रशासन कार्यालय स्थापना गरिएको सिहले बताए ।

जिल्लाको आधा भन्दाबढी जनसंख्या रहेको भित्री मधेश क्षेत्रमा ईलाका प्रशान कार्यालय स्थापना भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।

नागरिकता बनाउनका लागि जिल्ला सदरमुकाम पुग्दा कम्तिमा १० हजार खर्च लाग्थ्यो । अब भने आफ्नै क्षेत्रमा नागरिकता पासपोर्ट लगाएतका कागजातहरु बनाउन पाउने भएपछि समयसँगै आर्थिक समेत बचत हुने स्थानीय समाजसेवी हरि भट्टले बताए ।