मुम्बई । बलिवुड नायिका एवम् शक्ति कपूरकी छोरी श्रद्धा कपूर आफ्नो नयाँ फिल्म शूटिंगका बेला घाइते भएकी छिन् । उनलाई खुट्टामा चोट लागेको छ ।
श्रृद्धाले इन्स्टाग्राममार्फत आफूलाई चोट लागेको र खुट्टमा समस्या भएको बताएकी छिन् । श्रद्धाले चेतन भगतको उपन्यासमा आधारित फिल्म ‘हाफ गर्लफ्रेंड’को शूटिंगमा व्यस्त छिन् ।
श्रद्धाले इन्स्टाग्राममार्फत चोट लगेको आफ्नो खुट्टाको तस्बिर पनि शेयर गरेकी छिन् । उनको खुट्टामा नीलो रंगको पट्टी पनि बाँधिएको छ ।
‘हाफ गर्लफ्रेंड’ फिल्मको निर्देशन मोहित सूरीले गरेका छन् । फिल्ममा अर्जुन कपूर र श्रद्धाले मुख्य भूमिका निभाएका छन् । यो फिल्म अर्को वर्ष अप्रिल २८ मा रिलिज हुने जनाइएको छ । – एजेन्सी















प्रतिक्रिया