१९ कार्तिक २०८३, बिहिबार

भूकम्प पीडितलाई ठग्ने अभियुक्त थानकोट आश्रमबाट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aashram

काठमाडौँ, १२ असार । भूकम्पपीडितलाई विभिन्न मुलुक पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

अमेरिका, क्यानाडा र जापान पठाइदिने भन्दै ठगी गर्ने सिन्धुपाल्चोक चौतारा–८ का पुण्यप्रसाद दङ्गाललाई काठमाडौँबाट पक्राउ गरिएको हो ।

अभियुक्त दङ्गाललाई अरवीन्द योग आश्रम थानकोटमा लुकिरहेका अवस्थामा शनिबार पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब निरीक्षक डिल्लीराज पन्तले जानकारी दिनुभयो ।

पक्राउ परेका अभियुक्तलाई आवश्यक कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर पठाइएको उहाँले बताउनुभयो । अभियुक्त दङ्गालका नाममा विभिन्न व्यक्तिबाट रु एक करोडभन्दा बढी ठगीका उजुरी परेको प्रहरीले जनाएको छ । रासस