१९ कार्तिक २०८३, बिहिबार

पाँचथरमा लागू औषध दुर्ब्यसनी सम्बन्धी बक्तृत्वकला

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kiran

– कृष्ण ओझा

पाँचथर, १२ असार । पाँचथर जिल्ला प्रहरी र सामूदायिक सेवा केन्द्रको आयोजनामा लागू औषध दूर्ब्र्यसन सम्बन्धी बिद्यालयबीच बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

बिगत दिनमा प्रहरीले सचेतना संचालन गरे सगै लागू औषध दूरुपयोग तथा अबैध ओसार पसार बिरुद्ध अन्तर्राष्ट्रिय दिवशको अवसरमा “लागू औषध दूब्र्यसनीले पार्न सक्ने प्रभाव बिषयक” अन्तर बिद्यालय स्तरीय वक्तृत्वकला गरेको छ ।

आइतबार भएको बक्तृत्व प्रतियोगीतामा फिदिम नगरभित्रका ७ वटा बिद्यालयका बालबालिकाले भाग लिएका थिए ।

प्रतियोगीतामा प्रथम हुने नयाँनमूना मावि कक्षा १० का छात्रा सूडान तूम्बापो, दोस्रो निलकण्ठ मावि बोडिङ कक्षा १० का दिक्षा तिम्सिना, तृतीय फिदिम उच्च माविका छात्रा ज्योती खनाल पुरस्कृत भएका छन ।

उनीहरुलाई प्रमुख जिल्ला अधिकारी किरण थापाले शैक्षिक सामाग्रीसहित प्रमाणपत्र प्रदान गरी पुरस्कार बितरण गरे । जिल्लाका बिद्यालयहरुमा सचेतना सम्बन्धी विविध बिषयमा प्रहरीले कार्यक्रम संचालन गरिरहेको जनाएको छ ।