तुलसीपुर, १२ असार । नयाँ शक्ति नेपालको दांग काठमाडौ सम्पर्क मञ्च गठन गरिएको छ ।
काठमाडौमा विविध कारणले वसोवास गर्ने नयाँ शक्तिका कार्यकर्ताहरुको भेलाले दिपक पोखरेलको अध्यक्षतामा ५५ सदस्यिय कमिटी गठन गरेको हो ।
समितिको सह संयोजकमा अमृता जीसी, सचिवमा देव केसी र कोषाध्यक्षमा छविवसन्त खनाल लगायतका रहेका छन् । उक्त भेलाले पाँचवटै निर्वाचन कमिटि संयोजक पनि तोकेको छ । जस अनुसार शान्तराज गिरी, गोविन्द परियार, गोविन्द केसी,चोपेन्द्र केसी र विमल भण्डारी रहेका छन् ।
भेलाले विद्यार्थी संयोजकमा महेन्द्र कवर, युवा सँयोजकमा तुफान चन्द र शिक्षक संयोजकमा कृष्णप्रसाद शर्मालाई चयन गरेको छ । आयोजक कमिटिका संयोजक हरिप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेताहर वामदेव क्षेत्री, विरेन्द्र पोख्रेल, गणेश कुवर लगायतले मन्तव्य राखेका थिए भने सञ्चालन मदन गिरीले गरेका थिए ।













प्रतिक्रिया