१९ कार्तिक २०८३, बिहिबार

ग्लानहरुले आफ्नो वंशावलीको खोजी गर्ने

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

glan

काठमाडौं, १२ असार । तामाङ समुदायभित्रको एक थर ग्लान थरको इतिहासका साथै वंशावली खोजी अभियानका लागि छलफल आरम्भ भएको छ ।

पूर्वमन्त्री हितबहादुर तामाङको अध्यक्षतामा शनिवार काठमाडौंमा सम्पन्न प्रारम्भिक छलफलले ग्लान समाज निर्माणका लागि अर्जुनबहादुर तामाङको संयोजकत्वमा २१ सदस्यीय भेला आयोजक समिति गठन गरेको छ ।

सदस्यहरुमा रक्षेबहादुर तामाङ, रकमसिं तामाङ, यदुमान लामा, योगेश लामा, ज्ञानबहादुर तामाङ, सोमबहादुर तामाङ, ज्ञानेन्द्र घलान, श्यामबहादुर लामा, विवेक तामाङ, सर्केश तामाङ, ललित ग्लान, बच्चुराम तामाङ, कुमार तामाङ, आनन्दी लामा, मैनाकुमारी लामा छन् । थप सदस्यहरुलाई पछि मनोनित गरिने छ ।

छलफलले पूर्वसहसचिव इन्जिनियर नरेन्द्रबहादुर लामा, पूर्वमन्त्री तामाङ, नेपाल तामाङ घेदुङ कुवेतका सल्लाहकार रामबहादुर लामा र हिमबहादुर तामाङलाई संरक्षक सल्लाहकार चयन गरेको छ ।