१ कार्तिक २०८३, आइतबार

चैनपुरमा विमानस्थल निर्माण हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

airport

– योगेन्द्र जोगी

संखुवासभा, १२ असार । जिल्लाको चैनपुर नगरपालिका ३ र ७ मा पर्ने शुक्रबारेमा विमानस्थल बन्ने भएको छ ।

समुद्री सतहदेखि १३ यस मिटर उचाइमा रहेको चैनपुरमा विमानस्थल निर्माणका लागि स्थानीयले काम सुरु गरेका छन् । विमानस्थल निर्माणका लागि स्थानीयले डोजर प्रयोग गरेर खन्न सुरु गरेका हुन् ।

निर्वाचन क्षेत्र विकास कोषको बजेट र चैनपुर नगरपालिकाको बजेटबाट विमानस्थल निर्माण सुरु गरिएको हो । विमानस्थल निर्माणका लागि नगरपालिकाले भिजिविलिटी सर्भे गर्न ४ लाख लगानी गरेको थियो ।

यहाँ विमानस्थल निर्माण भए सखुवासभा,भोजपुर, ताप्लेजुङ, तेह्रथुम र धटकुटा बासिन्दालाई सहज हुने स्थानीय प्रेम जोगीले बताए ।

संखुवासभाको पर्यटकीय क्षेत्र सिद्धकाली मन्दिर, गुफापोखरी, मकालु हिमाल, सभापोखरी लगायतका क्षेत्रमा आउने पर्यटकलाई यहाँ
बन्ने विमानस्थलले सहज पार्ने निर्माण समितिका सदस्य जगतबहादुर अधिकारीले बताए ।

विमानस्थल निर्माणका लागि स्थानीय स्तरमा रकम संकलन समेत गरिने अधिकारीले जानकारी दिए ।

हाल संखुवासभाको एक मात्र बिमानस्थल तुम्लिङ्टारबाट बुद्द, गोमा लगायतका जहाजले उडान भर्ने गरेका छन् ।