काठमाडौं, १२ असार । प्रहरीले भक्तपुरबाट चार जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
भक्तपुरको थिमी नगरपालिका– ३ बोडेबाट प्रहरीले आइतबार बिहान ३ बजे बिक्रम केसीलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक शेरबहादुर बस्नेतले जानकारी दिनुभयो ।
भक्तपुरको थिमी– ३ बोडेस्थित सोमबहादुर तामाङको घरमा डेरा गरी बस्ने बारा स्थायी घर भएका बिक्रमलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीले बिक्रमसँग फिनालगन १५ सय पिस, डाइजायन १३ सय पिस, नोरफिन १३ सय पिस, नाइटोभेट १२८ पिस, बेरुनोरफिन १०० पिस र फोटिन १२ पिस बरामद गरिएको छ ।












प्रतिक्रिया