१९ कार्तिक २०८३, बिहिबार

रिमालको अध्यक्षतामा युवक सङ्गठनको नयाँ कार्यसमिति चयन

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakash-rimalकाठमाडौँ, ११ असार । राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठन नेपालको तेस्रो महाधिवेशनले प्रकाश रिमालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।

महाधिवेशनले खुला, अञ्चल, महिला, जनजाति, मधेसी, दलित, पिछडिएको क्षेत्रबाट गरी समावेशीताको आधारमा निर्वाचित कार्यसमितिको चयन गरेको हो ।

महाधिवेशनले हाम्रो संस्कृति, हाम्रो परम्परा, हाम्रो सम्पत्ति भन्ने मान्यता स्थापित गर्न विद्यालयस्तरमा अनिवार्य संस्कृत भाषा र नैतिक शिक्षाको विषय समावेश गराउन सरकारसंग माग गर्नेलगायत समसामयिक विषय समेटिएको आठबुँदे घोषणापत्र जारी गरेको छ ।

घोषणापत्रमा धर्म, संस्कृति र परम्परामाथि भइरहेको अतिक्रमण प्रयासलाई रोक्न, युवालाई स्वदेशमै रोजगारीको अवसर दिलाउन उद्योग स्थापनामा जोड दिन, भूकम्पपीडितलाई आवास बनाउने कामलाई तीव्र बनाउन तथा स्वरोजगार कार्यक्रमको पारदर्शीतामा विश्वस्त तुल्याउन सरकारसँग माग गरिएको उल्लेख छ ।

महाधिवेशनले सङ्गठनको एकाइलाई एक वर्षभित्र गाउँ र नगर वडाहरुसम्म पुर्याउन प्रतिबद्धतासमेत जनाएको युवक सङ्गठनद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।