१९ कार्तिक २०८३, बिहिबार

चितवनको मनकामना अस्पतालद्वारा नि:शुल्क स्वास्थ्य परीक्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hospital

– शिशिर सिंखडा

भरतपुर, ११ असार । मनकामना अस्पताल भरतपुरको आयोजनामा आज निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

भरतपुर एयरपोर्ट अगाडि अस्पताल परीसरमा र नवलपरासीको पितौजीघाटमा स्वास्थ्य परीक्षण गरिएको हो । भरतपुरमा आयोजित हाड जोर्नी तथा नसा रोग सम्बन्धी निशुल्क स्वास्थ्य परीक्षणमा १ सय ८ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

सो कार्यक्रममा हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. अर्जुन श्रेष्ठ, डा. सुरेश पाण्डे, डा. शंकर ढकाल लगायतको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए । त्यस्तै नवलपरासीको पितौजीघाटमा ज्येष्ठ नागरिकहरुको लागि निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । सो कार्यक्रममा २ सय ४८ जना वृद्धवृद्धाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।

कार्यक्रममा महिला तथा प्रसुती रोग विशेषज्ञ डा. बन्दना खनाल, छाती मुटु पेट तथा थाइराइड रोग विशेषज्ञ डा. महेन्द्र अग्रहरी, मेडिकल अफिसर डा. विजय गुप्ता लगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।

शिविरमा स्वास्थ्य परीक्षण गरेको बिरामीहरुको सो अस्पतालले ओ.पि.डी. शुल्क नलाग्ने र सम्पूर्ण परीक्षणमा छुटको समेत व्यवस्था गरेको अस्पतालका अहेव बुद्धि अधिकारीले जानकारी दिए ।