नवलपरासी, १० असार । नवलपरासीको सदरमुकाम परासीका एक जना युवा ५ महिनादेखि वेपत्ता भएका छन् ।
गत माघ १० गते बेलाटारीबाट वेपत्ता भएका रामग्राम १० मन्जरियाका १६ वर्षिय शुशिल भन्ने मनोज कुमार हरिजन वेपत्ता भएका हुन् । ५ महिना देखि वेपत्ता भएका छोराको कुनै पत्तो नलागेपछि मनोजको परिवार शोकमा डुवेको छ ।
त्रिभुवन उच्च मावि बेलाटारीमा सिटिई भिटी तर्फ प्राविधिक अध्ययन गरिरहेका शुशिल भन्ने मनोजलाई उनी भाडामा बसेको घरबाट दुई जना युवकले मोटरसाईकलमा लगेको र त्यसपछि अहिलेसम्म सम्पर्कमा नआएको उनका बुवा पन्चम हरिजनले बताउनुभयो । मनोजलाई पक्लिहवा गाविस वडा नं. ४ का १८ वर्षिय अनिल कुशवाहा र गुठि सुर्यपुरा गाविस वडा न. ७ निवासी २० वर्षिय सुनिल कमकरले भारतीय नम्बर प्लेटको मोटरसाईकलमा राखि पक्लिहवातर्फ लगेको बुवा पन्चमले बताउनुभयो । छोरा वेपत्ता भएको एक हप्तापछि मात्र घरमा जानकारी आएको थियो ।
वेपत्ता छोराको खोजी गर्दा कुनै पत्तो नलागेपछि परिवारले फागुन २ गते जिल्ला प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दर्ता गराएको थियो । निवेदनमा उल्लेखित नामको आधारमा सुनिल र अनिललाई प्रहरीले झिकाई सोधपुछ गर्दा अनिलले मोटरसाईकलमा लगेको स्वीकार गर्दै रामनगर चौकीसम्म सँगै गएको तर त्यसपछि मनोज अर्केको मोटरसाईकलमा चढेर गएकाले थाहा नभएको बयान दिएका थिए ।
त्यसपछि प्रहरीले खोजी गर्ने बताएपनि चासो नदिएको उनका बुवा पन्चमले गुनासो गर्नुभयो । प्रहरीले छोरोको खोजीमा चासो नदिएपछि फेरि पन्चमले गत जेठ ३२ गते फेरि जिल्ला प्रहरी कार्यालयमा अनिल र सुनिलले आफनो छोरा अपहरण गरि ज्यान मारेको हुन सक्ने भन्दै जाहेरी दिनुभएको छ ।
प्रहरीले खोजी भईरहेको भन्दै टार्दै आएको छ । मनोजका बुबा पन्चमले आफ्नो छोराको खोजीका लागि सहयोग गरिदिन सन्चारकर्मी, मानवअधिकारकर्मी लगायत सँग आग्रह गर्नुभएको छ ।













प्रतिक्रिया