१९ कार्तिक २०८३, बिहिबार

‘बजेट लिएर युवा संघ तराई पसेपछि मधेसी ‘विखण्डकारीहरु’ काठमाडौं भागे’

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

youth-force

विराटनगर, ९ असार । युवा संघ नेपाल मोरङ जिल्ला कमिटिले आयोजना गरेको तराई मधेशमा केन्द्रीत वर्तमान बजेट र युवा संघ नेपालले संचालन गरेको अभियानका विषयलाई लिएर संघका उपाध्यक्ष रमेश पौडेलको प्रमुख आतिथ्यतामा विशेष सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

यस कार्यक्रम संघका उपाध्यक्ष पौडेलले युवा संघ नेपालले विगतमा संचालन गरेको मधेश सम्वाद तथा जागरण अभियान, वर्तमान सरकारको प्रष्ट अडान र तराइमैत्री वजेटका कारण मधेशवादी र विखण्डनवादी सोच बोकेका जमिनदार र सामान्तहरु लखेटिएको र तथाकथित आन्दोलन राष्ट्रवादी मधेशी जनताहरुले तुहाइदिएको बताउनुभयो । उहाँले केपी ओली सरकार इतिहासकै प्रगतिशील तथा जनपक्ष सरकार रहेको कुरा बताउदै दक्षिण एसियामै केपी ओली प्रष्ट अडान भएको स्वप्नद्रष्टता नेता भएकाले नेपालको मात्र नभएर सिगो यस भेग र मानवजातीको हितका लागि उहाँ उदाहरण बन्नु भएको कुरा बताउनुभयो ।

यस सम्वादमा संघका सचिव पर्शुराम बस्नेतले युवा संघ नेपाल आम नेपाली युवाहरुको हृदयको स्पन्दन भएकाले मधेशका जनताको साथमा रहेको कुरा बताउनुभयो ।

संघका प्रवक्ता प्रभात विक्रम कटवालले वर्तमान बजेटको प्रभावले तराई मधेशबाट विखण्डकारी शक्तिहरु झोला तुम्वी बोकेर काठमाडौं भागेको बताउदै युवा संघ नेपालले काठमाडौंबाट पनि भगाउने कुरा कटवालले उल्लेख गर्नुभयो ।

यस कार्यक्रमको अध्यक्षता गदै युवा संघ नेपाल मोरङ्गका अध्यक्ष मुकेश वुढाथोकीले वाहुनीमा रहेको पेटोल खानी तत्काल उत्खननका लागि जोडदार माग गदै नेपालको अहित चाहने शक्ति मधेशमा टिक्न नसक्ने कुरा वताउनुभयो ।

यस कार्यक्रममा संघका केन्द्रीय सदस्य देवानन्द मेहता, अनुशासन र लेखा आयोगका सदस्यहरु क्रमश सुरज श्रेष्ठ र सन्तलाल खवास, अञ्चल अध्यक्ष रोहित कोइराला लगायतको यस कार्यक्रममा उपस्थिती रहेको थियो । कार्यक्रम नेकपा एमाले पार्टी कार्यालय, पाँनचाली, मोरङ्गमा भएको थियो ।