१९ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओलीको सपनाले मात्र समृद्धि सम्भवः अध्यक्ष पहारी

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajib-pahari-raparpa

काठमाडौं, ९ असार । युवा संघ नेपालका अध्यक्ष राजिब पहारीले वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले मात्रै देश समृद्ध हुने बताएका छन् ।

विहीबार राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको तेस्रो केन्द्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष पहारीले वर्तमान बजेटको विरोध गर्नु भदौमा आँखा फुटेको गोरुले सधै हरियो देख्नुजस्तै भएको बताए ।

आफ्नो सम्बोधनमा उनले भूकम्प पीडितलाई सहयोग गर्ने नाममा जबरजस्ती धर्म परिवर्तन गराउने कामको बिरोध गरे । लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैलाई रहेको र आवश्यक परे मधेसवादी दलको अनशनमा आफूहरु पाल ओढाएर सहयोग गर्न तयार रहेको उनको भनाई थियो ।

पृथ्वी नारायण शाहको ठूलो योगदानबाट एकीकरण भएको मुलुकलाई बिखण्डन गर्दै फिजीकरण र भुटानीकरणको बाटोमा लान कसैले खोजे आजका युवाहरु चुप लागेर नबस्ने पहारीले चेतावनी दिए ।

वर्तमान सरकारमा उपप्रधानमन्त्री कमल थापाले गरेको कामको प्रंशसा गर्दै उनले प्रधानमन्त्री ओलीकै नेतृत्वमा देश समृद्ध हुने विश्वास व्यक्त गरे ।