– कृष्ण ओझा
पाँचथर, ९ असार । पाँचथर जिल्लामा आफ्नै पत्नीकोे खुकुरी प्रहारबाट कमल योङ्या गम्भीर घाइते भएका छन् ।
ओयाम–४ का योङ्यालाई बुधबार दिउँदो २ः३० बजे उनका पत्नी फूलमाया (काम्बाङ) योङ्याले खुकुरी प्रहार गरेकी थिइन ।
सामान्य घरायसी बिबादका क्रममा फूलमायाले खुकुरी प्रहार गर्दा काम्बाङको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते योङ्यालाई उपचारको लागि फिदिम ल्याइएको छ । खुकुरी प्रहार गर्ने फूलमायालाई प्रहरी चौकी चरिभञ्ज्याङले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया