१ कार्तिक २०८३, आइतबार

छोरीलाई अफर आउन थालेपछि बाबुलाई चिन्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krishna-shroff-picमुम्बई । बलिउड अभिनेता ज्याकी श्राफकी छोरी कृष्णालाई हीरोइनको अफर आउन थालेका छन् । उनका छोरा टाइगर हीरोका रूपमा जम्दै गइरहेका छन् ।

सोही क्रममा बलिउडका केही निर्माताले कृष्णालाई हीरोइन बनाउने इच्छा देखाएका छन् । कृष्णा हाल एउटा डकुमेन्ट्री बनाइरहेकी छिन् । उनले आफ्नो डकुमेन्ट्रीको केही दृश्य आमिर खानलाई देखाएकी थिइन् ।

आमिर कृष्णाको कामदेखि प्रभावित भएको बताइन्छ । कृष्णालाई हीरोइनको अफर आउने क्रम बढेपछि बाबु ज्याकी र दाइ टाइगरले घरसल्लाह गरिरहेका छन् । ज्याकी भने आफूहरूले जे भने पनि अन्तिम निर्णय भने कृष्णाकै मान्य हुने दाबी गर्छन् ।

छोरी कृष्णालाई फिल्ममा खेलाउन निर्माता तथा निर्देशकहरूले ताक्न थालेपछि जैकीलाई भने समस्या आएको बताइन्छ । – एजेन्सी