
– कमलराज भट्ट / समाचार टिप्पणी
इराकमा नेपाली मारिँदा शव ल्याउन झण्डै दुई हप्ता लागेको थियो, तर अहिले प्रधानमन्त्री ओलीले दुई दिन नबित्दै आफ्नै देशको जहाज पठाएर शव स्वदेशमा ल्याए । विमानस्थलमा पुगेर आफैले श्रद्धाञ्जलिमात्रै दिएनन्, घरसम्मै लैजान सहयोग पनि गरे ।
अझ् अफगानिस्तानमा नेपाली मारिएको एक घण्टा नबित्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत नेपाललाई सहयोग गर्न तयार रहेको बताएको थिए । अफगानिस्तानमा मृतक तथा घाइते नेपालीलाई नेपाल ल्याउन सघाएर मोदीले नेपालीको मन जित्न तथा सहानुभूति बटुल्न खोजेका थिए । तर, ओलीले मोदीलाई गुहार गरेनन् । बरु आफैले पाकिस्तानबाट नेपाली अधिकारीलाई घटनास्थलमा पठाए । नेपाली वायुसेवा निगमको जहाज झण्डा फहराउँदै अफगानिस्तान पुग्यो । विपतको बेला नेपाल आफैले पनि सामना गर्न सक्छ भन्ने प्रमाणित गरेर ओलीले देखाइदिए ।















प्रतिक्रिया