काठमाडौँ, ८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक भानुप्रसाद आचार्यले राजीनामा दिनुभएको छ ।
राष्ट्रपति भण्डारीलाई आचार्यले आज राष्ट्रपति कार्यालय, शितल निवासमा भेटी संविधानको धारा २४० को उपधारा (४) को खण्ड (क) बमोजिम आजैदेखि लागू हुने गरी पदबाट लिखित राजीनामा दिनुभयो ।
भेटमा राष्ट्रपति भण्डारीले महालेखापरीक्षक पदमा रही सम्पादन गर्नुभएको कार्यप्रति आचार्यलाई धन्यवाद व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्र्रुवराज आचार्यले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । रासस












प्रतिक्रिया