२६ कार्तिक २०८३, बिहिबार

शव बुझ्न विमानस्थल पुगे प्रधानमन्त्री ओली, एयरपोर्टमा रुवाबासी (फोटो फिचर)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli.-650x433
फाइल तस्वीर

काठमाडौं, ८ असार । प्रधानमन्त्री केपी शर्मा ओली अफगानिस्तानको काबुलमा मारिएका १२ नेपालीको शव बुझ्न त्रिभुवन विमानस्थल पुग्नुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार काबुलबाट शव लिएर नेपाल वायुसेवा निगमको चार्टर विमान काठमाडौंमा अवतरण भएसँगै प्रधानमन्त्री ओली विमानस्थल पुग्नुभएको हो ।

विमानस्थलमा नेपालीका शवहरु सेनाको गाडिमा ।
विमानस्थलमा नेपालीका शवहरु सेनाको गाडिमा ।

प्रधानमन्त्रीका साथमा गृहमन्त्री शक्ति बस्नेत र श्रम मन्त्री दीपक बोहोरासहित विशिष्ट व्यक्तिहरू विमानस्थलमा पुग्नुभएको छ ।

कमाउन गएका नेपालीहरुको शव बाकसमा आएपछि अहिले विमानस्थलमा रुवाबासी भइरहेको छ । मृतकका परिवार पनि विमानस्थलमा छन् । विमानस्थलको शोकमग्न दृश्यले अहिले सबैलाई भावुक बनाएको छ ।

सोमबार अफगानिस्ताको राजधानी काबुलमा भएको आतंकवादी आत्मघाती हमलामा १२ नेपालीसहित १४ जना मारिएका थिए भने ९ जना घाइते भएका थिए । जसमा पाँच नेपाली पनि रहेका छन् ।

यो घटनापछि अफगानिस्तानबाट २४ जना नेपाली कामदार पनि फर्किएका छन् । उनीहरुलाई प्रम ओलीले स्वागत गर्दै नेपालीमै रोजगारी दिलाउने आश्वासन दिएका छन् ।

Airport-ma-Aafanta-6Airport-ma-Aafanta-1-1Airport-ma-Aafanta-1Airport-ma-Aafanta-2

तस्वीरः कविन अधिकारी र अंगद ढकालबाट।