१९ कार्तिक २०८३, बिहिबार

१२ नेपालीको शव लिएर काबुलबाट उड्यो नेवानिको विमान, तीन बजे काठमाडौं आइपुग्ने

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-airlines

काठमाडौं, ८ असार । काबुल घटनामा मारिएका १२ नेपालीको शव लिएर नेपाल वायुसेवा निगम (नेवानि)को चार्टर काबुलबाट काठमाडौंका लागि उडेको छ ।

उक्त विमानमा २४ जना नेपाली कामदारलाई पनि रहेका छन् । विमान तीन बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

flight

परराष्ट्रका प्रवक्ता भरतराज पौड्यालले आज विहान साढे ३ बजे काबुल गएको विमानले काबुल घटनामा मारिएकाको शव र २४ जना कामदार लिएर आउन लागेको जानकारी दिए ।

सोमबार विहान अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आतंकवादी हमलामा १२ नेपालीसहित १४ जना मारिएका थिए भने ९ घाइते छन् ।

प्रवक्ता पौडेलका अनुसार काबुल घटनामा घाइते भएका ५ जना नेपालीलाई थप उपचारका लागि काबुलबाट साफी एयरलाइन्सको विमानमा राखेर सिधै नयाँ दिल्ली लगिएको छ ।