२६ कार्तिक २०८३, बिहिबार

केन्द्रीय समिति बोलाउन कांग्रेसमा दबाब, अलमलमा सभापति देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur-Deubaकाठमाडौं, ८ असार । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेको लामो समय भइसकेको छ । बैठक बस्न नसक्दा सांगठनिकदेखि राष्ट्रिय राजनीतिका मुद्दामा ठोस निर्णय हुन सकेको छैन ।

कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अविलम्ब केन्द्रीय कार्य समितिको बैठक बोलाएर राष्ट्रिय राजनीतिका विषयमा निर्णय गर्नुपर्ने बताउनु हुन्छ । ‘राजनीतिक पार्टीलाई जीवन्त बनाउन समय–समयमा बैठकहरू बसिरहनु पर्छ’, थापाले भन्नुभयो, ‘अहिले त झन् निर्वाचन गर्ने घोषणा भइसकेको अवस्थामा बैठक बोलाएर नेता साथीहरूलाई जिम्मेवारी दिएर गाउँ पठाउनु पर्ने हो ।’

स्थानीय निकायको निर्वाचनका लागि कांग्रेसले अहिलेदेखि नै तयारी गर्नुपर्ने केन्द्रीय सदस्य थापाको भनाइ छ । निर्वाचनका लागि तयारी गर्न पदाधिकारी मनोनयन, विभागहरूको पूर्णता आदि विषयलाई सभापति शेरबहादुर देउवाले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

‘सभापति शेरबहादुर देउवाज्यूले छिटोभन्दा छिटो पार्टीको केन्द्रीय कार्य समिति बैठक बोलाउँदा कांग्रेसलाई राम्रो हुन्छ’, उहाँले भन्नुभयो, ‘पार्टी संगठनमा बाँकी रहेका कामलाई टुङ्गो लगाएर नेताहरूलाई गाउँ पठाउनुपर्छ ।’

पदाधिकारीमा बिबाद हुँदा सभापति देउवाले मनोनय गर्न सक्नुभएको छैन । उपसभापतिमा पूर्वसहमतिअनुसार खुमबहादुर खड्कालाई बनाउन दबाब पर्दै आएको छ । तर, उपसभापतिका लागि गोपालमान श्रेष्ठ, विमलेन्द्र निधीलगायतका नेताहरूले दाबी गरेपछि देउवा असहज परिस्थितिमा पुग्नुभएको छ ।

पार्टीभित्रै आफू निकटका नेताहरूले पछिल्लो समय असहोग गर्न थालेपछि सभपाति देउवाले विभागहरूलाई पनि पूर्णता दिन नसकेको आरोप खेप्दै आउनुभएको छ ।