काठमाडौं, ८ असार । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भेटवार्ता गरी मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श गर्नुभएको छ ।
सभापति देउवाको बुढानीलकण्ठस्थित निवासमा बिहान नौँ बजे पुग्नु भएका दाहालले राजनीतिक विषयमै छलफल गर्नुभएको स्रोतले जनाएको छ ।
‘सरकारको कामकारबाही, बजेट, मधेसी मोर्चाको आन्दोलनलगायतका विषयमा कुराकानी भएको थियो’, स्रोतले भन्यो, ‘अध्यक्ष पुष्पकमल दाहाल अष्ट्रेलिया जान लाग्नु भएको पनि विदेश जानुअघि मुलुकको राजनीतिक विषयमा दुई शीर्ष नेताहरूवीच कुराकानी भएको हो ।’
वर्तमान केपी ओली नेतृत्वको सरकार गिराउने खेलमा देउवा र दाहाल असफल भएपछि सम्बन्ध चिसिएको आरोप लाग्दै आएको थियो । लामो समयपछि यी दुई शीष नेताहरूबीच समग्र राजनीतिक विषयमा छलफल भएको हो ।












प्रतिक्रिया