२६ कार्तिक २०८३, बिहिबार

महन्थ ठाकुरलाई पार्टी भित्रैबाट गोविन्द चौधरीले दिए चुनौति, अध्यक्षमा उम्मेदवारी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Govinda-Mahantha– मोहन पौडेल

परासी, ७ असार । तराई मधेस लोकतान्त्रिक पार्टीको नेतृत्वका लागि वर्तमान अध्यक्ष महन्थ ठाकुरले नै निरन्तरता पाउने चर्चा चलिरहँदा वर्तमान महामन्त्री गोविन्द चौधरी पनि अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिनुभएको छ ।

वर्तमान नेतृत्व असफल भएको र पार्टीलाई सिस्टमले चलाउनका लागि आफूले पार्टी अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको चौधरीले बताउनुभयो । तमलोपाले सुशासन, समावेशिताको मुद्धा उठाईरहँदा पार्टीभित्रै सो कुरा नभएको उहाँको दावी छ । पार्टीमा संस्थागत भन्दा व्यक्तिगत रुपमा चल्ने गरेको भन्दै त्यसविरुद्ध आफ्नो उम्मेदवारी रहेको महामन्त्री चौधरीले बताउनुभयो । थारु जाति मधेसी, आदिवासी जनजाति र मधेस पहाड जोड्ने कडी समेत भएकाले तमलोपामा अब थारुको नेतृत्व हुनुपर्ने उहाँले बताउनुभयो । पार्टीले लिएको बृहत राजनीतिक शक्ति निर्माणको नीति पुरा गर्न पनि थारुकै नेतृत्वमा सम्भव भएको उहाँको दावी छ ।

तर तराई मधेस लोकतान्त्रिक पार्टीको अध्यक्षमा महन्थ ठाकुर नै र्निविरोध हुने वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले बताउनुभयो । पार्टी स्थापना भएको ९ वर्षपछि महाधिवेशनमा जुटेको तमलोपाको पहिलो महाधिवेशनले आगामी कार्यकालका लागि १४ जना पदाधिकारीसहित ७१ सदस्यीय केन्द्रीय समिति चयन गर्ने वरिष्ठ उपाध्यक्ष त्रिपाठीले बताउनुभयो ।

तमलोपाले नयाँ कार्य समिति चयनका लागि नगेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिले भोली विहानदेखि निर्वाचन कार्यक्रम सुरु गर्ने जनाएको छ ।