२६ कार्तिक २०८३, बिहिबार

बैद्य माओवादीले यसरी लियो ‘यू टर्न’, अब निर्वाचन आयोगमा दर्ता हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan-Baidhya-Mao-Kiran– विमल योगी

काठमाडौं, ७ असार । मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।

काठमाडौंको पुरानो बानेश्वरमा मंगलबार सुरू भएको राष्ट्रिय भेलाको बन्दसत्रमा अध्यक्ष अध्यक्ष बैद्यद्वारा पेश भएको राजनीतिक प्रतिवेदनमा ‘पार्टी मोर्चा’लाई निर्वाचन आयोगमा दर्ता गर्ने विषय राखिएको केन्द्रीय सदस्य ईश्वरचन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

‘पार्टी मोर्चालाई निर्वाचन आयोगमा दर्ता गरेर सर्वहारा वर्ग, मजदुर, किसान, उत्पीडित समुदायको हकअधिकारका लागि संघर्ष गर्ने प्रस्ताव अध्यक्षको राजनीतिक प्रतिवेदनमा छ’, उहाँले भन्नुभयो, ‘राष्ट्रिय भेलाले यो प्रस्तावलाई पारित गरेमा यसैलाई कार्यदिशाका रुपमा अगाडि बढाइ महाधिवेशनबाट अनुमोदन गराउने छौँ ।’

यसअघि ‘किरण’ नेतृत्वको नेकपा–माओवादी अर्थात हालको नेकपा (माओवादी क्रान्तिकारी) निर्वाचन आयोगमा दर्ता भएको थिएन ।

राष्ट्रिय भेलाबाट पार्टीलाई दर्ता गराउने निर्णय भएमा नेकपा (माओवादी क्रान्तिकारी) पार्टीमा आकर्षण बढ्न सक्ने एक नेताले बताए ।

सोमबार उद्घाटन भएको नेकपा (माओवादी क्रान्तिकारी)को राष्ट्रिय भेलाले महत्वपूर्ण राजनीतिक निर्णय गर्ने बताइएको छ ।

राष्ट्रिय भेलामा प्रस्तुत प्रतिवेदनले दोस्रो संविधानसभाबाट जारी गरिएको संविधानलाई प्रतिक्रियावादी संविधानको संज्ञा दिइएको उल्लेख छ ।

मंगलबार बन्दसत्रमा पेश भएको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न १६ वटा समूह गठन भएका छन् । यो समूहमा राजनीतिक प्रतिवेदनको बुँदा–बुँदामा छलफल हुनेछ । त्यसपछि बुधबार सुरू हुने बन्दसत्रमा टोली नेताले सुझाव राख्ने केन्द्रीय सदस्य ज्ञवालीले जानकारी दिनुभयो ।

नेकपा (माओवादी क्रान्तिकारी)को राष्ट्रिय भेलामा ६२ जिल्लाबाट ७ सय ७८ जना प्रतिनिधिहरू सहभागी भएका छन् ।

नेकपा (माओवादी क्रान्तिकारी)बाट अलग भएर रामबहादुर थापा ‘बादल’ समूह पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र)मा बिलय भएपछि अध्यक्ष ‘किरण’ले राष्ट्रिय भेला बोलाएर संगठनको तयारी गरेका हुन् ।