काठमाडौं । अहिले हाम्रो देशमा पनि लिभिङ टु ग्यदरिङ अर्थात बिबाह नगरि युवा यवतीसंगै बस्ने प्रचलन बढेको छ । शोहि विषयमा एक लघु चलचित्र बनाईएको छ । शो लघु चलचित्रलाई एनएचएस मिडियाले निर्माण गरेको छ ।
लघु चलचित्रको नाम भने ‘रखैल’ राखिएको छ । आफ्नो जिवन भरिको कमाइ सबै आफुले बिस्वास गरेको एकै कोठामा बस्ने युवकलाई दिदै गइकी हुन्छिन् । तर, केटीले केटाको मनको कुरा पटकै बुझन सक्दिनन् । अन्त्यमा त्यही केटाको हातबाट मृत्यु हुन्छ ।
यहि कथामा आधारित रहेर लघु चलचित्र ‘रखैल’ निर्माण भएको छ । चलचित्रलाई शंकर अधिकारी ‘घायल’ले लेखेका हुन् भने निर्देशन पनि ‘घायल’ले नै गरेका हुन् । चलचित्रमा रामेस्वर हुमागाईको छायांकन र युबराज खत्रीको सम्पादन रहेको छ ।
जसमा कलाकार दिनेश थापा, करिश्मा पौडेल र लक्ष्मी कार्कीको सशक्त अभिनय रहेको छ । ‘रखैल’लाई एनएचएस मिडियाले आफ्नो युटुव च्यानल मार्फत सार्बजनिक गरेको छ ।
भिडियो लिंक
















प्रतिक्रिया