१९ कार्तिक २०८३, बिहिबार

एमाले केन्द्रीय सहकारी विभागको सचिवमा उप्रेती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?????????????

काठमाडौं, ७ असार । नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागको सोमबार सम्पन्न वैठकले विभागको सचिवमा केबी उप्रेतीलाई सचिवमा सर्वसम्मत चयन गरेको छ ।

एमाले स्थायी समितिले २५ सदस्यीय सहकारी तथा गरिवी निवारण विभाग गठन गरेको थियो । विभागिय प्रमुख तथा पार्टी पोलिटव्यूरो सदस्य पशुपति चौलागाईको अध्यक्षतामा सम्पन्न वैठकले उप्रेतीलाई सचिवमा चयन गरेको हो ।

वैठकमा विभागका निवर्तमान प्रमुख केशव बडालले वर्तमान प्रमुख चौलागाइलाई पद हस्तान्तरण गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै बडालले स्वाधीन र स्वतन्त्र मुलुक निर्माणका लागि देशको अर्थतन्त्र बलियो हुनु पर्ने र त्यसका लागि सहकारी प्रभावकारी उपाय भएको बताउनुभयो ।

उहाँले नेपालको संविधानमा समाजवाद उन्मुख मुलुक उल्लेख गरिएको चर्चा गर्दै समाजवादी शासन व्यवस्थाको जग सहकारी नै भएकाले यसको प्रवद्र्धनका लागि सबै जुट्नु पर्नेमा जोड दिनुभयो ।

विभागीय प्रमुख चौलागाईले संविधानले परिकल्पना गरेको समृद्ध मुलुक निर्माणका लागि सहकारी अभियानको योगदान बढाउन आवश्यक रहेको बताउनुभयो ।

वैठकले सहकारीको विकास गरी समृद्ध मुलुक निर्माणका लागि सहकारी ऐनलाई गतिशिल र सहकारी मूल्य मान्यतामा अनुसार ल्याउन सरकारसंग माग गर्ने निर्णय गरेको सचिव उप्रेतीले जानकारी दिनुभयो ।