१९ कार्तिक २०८३, बिहिबार

नयाँ शक्तिद्वारा एसएलसीका विद्यार्थीहरु सम्मानित

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Naya-shakti-logo– रबिन्द्र प्रताप गुप्ता

भैरहवा, ७ असार । नयाँ शक्ति नेपाल रुपन्देहीले २०७२ सालको एसएलसी परीक्षामा रुपन्देही जिल्लाका सामुदायिक विद्यालयबाट सहभागी भई ए प्लस अर्थात ३.६ ग्रेड प्वाइन्ट भन्दा माथि जिपिए ल्याई उत्तीर्ण हुन सफल भएका विद्याथीहरुलाई सम्मान गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच नयाँ शक्ति नेपाल रुपन्देहीले सुनगाभा पब्लिक स्कूल सैनामैना रुपन्देहीबाट ४ जिपिएका साथ नेपाल प्रथम हुन सफल समिक्षा सुवेदी र अक्सफोर्ड उच्च मावि बुटवलबाट ३.९५ जिपिएका साथ छात्र तर्फ नेपाल प्रथम हुन सफल अमृत पाण्डे सहित विभिन्न विद्यालयका करिब ५० विद्यार्थीहरुलाई भैरहवामा सम्मान गरेको छ ।

सम्मानित हुने विद्यार्थीहरु मध्ये नेपाल प्रथम सुवेदीलाई नयाँशक्ति पार्टीको सुनको लोगो अंकित मेडल र प्रमाण पत्र सहित फुलमालाले सम्मान गरिएको थियो भने छात्र तर्फ नेपाल प्रथमहुन सफल पाण्डेलाई नयाँशक्ति पार्टीको चाँदीको लोगो अंकित मेडल र प्रमाणपत्र सहित फुलमालाले सम्मान गरिएको थियो । अन्य सम्पूर्ण ए प्लस नतिजा ल्याउन सफल सम्मानित विद्यार्थीहरुलाई प्रमाणपत्र र खादा ओडाई सम्मान गरिएको थियो भने कार्यक्रममा उपस्थित विद्यार्थीहरुका अभिभावकहरुलाई समेत अविर र खादाले सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल प्रथम हुन सफल समीक्षा सुवेदीका पिता तेजनारायण सुवेदीले आफु एउटा मध्यम वर्गको परिवार भएको बताउँदै शिक्षामा प्रगति गर्नको लागि आर्थिक हिसावले सम्पन्न परिवारको आवस्यकता नरहने बताउनु भयो । विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल सम्पूर्ण विद्याथीहरुलाई आफ्नो रोजाइ अनुसारको विषय अध्ययन गरी देशको विकासमा लाग्नु पर्ने कुरामा जोड दिनुभयो । त्यसै गरी नयाँ शक्ति नेपालका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश न.५ का संयोजक बामदेव क्षेत्रीले प्राय जसो देशका दक्ष जनशक्ति विदेश पलायन हुने क्रम बढेकोले त्यसलाई चिरी अहिलेका विद्याथीहरु देशमै उच्च शिक्षा हासिल गरी आर्थिक समृद्धि र विकासमा लाग्नुपर्ने बताउनुभयो ।

नयाँ शक्ति नेपाल रुपन्देहीका संयोजक देवेन्द्र पाण्डे सागरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, पार्टीका केन्द्रीय परिषद सदस्य तथा रुपन्देहीका इन्चार्ज यज्ञ पोखरेल, नयाँ शक्ति युवा अभियानका जिल्ला अध्यक्ष पंकज राई, नयाँशक्ति नेपाल सिद्धार्थनगर संयोजक संजय बजिमय लगायतको समेत आतिथ्यता रहेको थियो ।

पार्टीका जिल्ला कार्यालय सचिव वाई.पी.आचार्यको स्वागत मन्तव्य तथा पत्रकार माधब न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।