१ कार्तिक २०८३, आइतबार

एमालेको प्रचार गर्दै सुष्मा ? माओवादीकी रेखा थापालाई टक्कर!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushma-karki

गसिप

काठमाडौं । सफल फिल्म लुटको ‘उध्रेको चोली’ गीतको आइटम डान्सबाट चर्चामा आएकी अभिनेत्री हुन्, सुष्मा कार्की ।

आफ्नो करिअरबाट उनी जति चर्चित छिन्, त्यति नै विवादमा आइरहन्छिन् । कहिले प्रेमीसँगको झगडाको विषयलाई लिएर त केही छातीमा ट्याटु खोपाएर । उनको वक्षस्थलमा सूर्यको चिन्ह छ । जुन नेकपा एमालेको चुनाव चिन्ह सूर्यसँग मेल खान्छ । त्यसैले धेरैले उनलाई ‘एमाले’ भनेर पनि हैरान पार्ने गरेको उनी निकटहरु बताउँछन् ।

त्यसो त सेन्सर बोर्डले भने वक्षस्थलको सूर्यअंकित ट्याटुले नेपाली राष्ट्रिय झण्डाको समेत अपमान भएको भन्दै आपत्ति जनाएको थियो । फिल्म ‘राजनीति’मा गरेको आइटम डान्सका लागि सुष्माले आफ्नो वक्षमा यो ट्याटु खोपाएकी थिइन् । जुन सेन्सर बोर्डको समेत आँखामा परेपछि समस्यामा परेको थियो । निर्देशक वसन्त निरौलाले व्यक्तिगत रहरले बनाएको ट्याटुलाई फिल्ममा जोडेर इस्यू नबनाउन आग्रह गरेपछि फिल्मले पिजी सर्टिफिकेट पाएको थियो ।

केहीले भने देश नै एमालेमय भएका बेला सुष्माले एमालेकै चुनाव चिन्ह भएको सूर्य आकारको ट्याटु वक्षमा खोपाएर एमालेको प्रचार गरेको र एमालेकै सेलिब्रेटी बन्ने संकेत देखाएको आरोप लगाउँछन् । एक कलाकार भन्छन्– सेन्सरका पदाधिकारीको ‘बुद्धि’को उपयोग चुनाव नजिकिँदै गर्दा एमाले पार्टीले गरे हुन्छ । ब्रान्ड एम्बेसडर नै बनाइदिए पनि भो, चुनाव चिन्ह नै ट्याटु खोपाएकाले उनीभन्दा गतिलो चुनाव प्रचारक भेटिने सम्भावना नहोला ।’

ती कलाकार अगाडि भन्छन्– ‘माओवादीले अर्की हट अभिनेत्री रेखा थापालाई पार्टीमा भित्राएको बेला काउन्टर पनि हुन्छ ।’ तर, अहिले रेखा माओवादीमा खासै सक्रिय छैनन् ।