१ कार्तिक २०८३, आइतबार

डोटीमा किशोरीले…नमानेपछि यसरी भयो हत्या

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jail-Ma-Manchhe– हरि जोशी

धनगढी, ७ असार । डोटी जिल्लामा गोली प्रहार गरी हत्या गरिएकी किशोरीको उनकै प्रेमीले हत्या गरिएको रहस्य सार्वजनिक भएको छ ।

लामो समयदेखि प्रेम सम्बन्ध रहेको र पछिल्लो समय व्यवहार परिर्वतन भएको भन्दै हत्या गरेको अभियुक्तले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । बैतडी शर्माली गाविस घरभइ हाल डोटी पचनाली गाविस तल्कोट मृतक मीना साउदँको घरमा डेरा गरी बस्ने ३६ वर्षीय लालबहादुर चन्दले प्रमेमा धोका दिएको झोकमा मीनाको हत्या गरेको स्वीकार गरेका हुन् ।

विगत ६ वर्षदेखि मीनाको घरमा बस्दै आएका चन्दको मीनासंग प्रेम सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको छ । स्नातकको अध्ययन सकिएपछि विवाह गर्ने सहमति भएपनि मीनाको व्यवहारमा परिर्वतन आएको भन्दै लालबहादुरले हत्या गरेको उल्लेख गरेका छन् ।

पेशाले शिक्षक रहेका लालबहादुर स्थानीय हरिहर उ.मा.विमा कार्यरत थिए । एस.एल.सी.मा राम्रो अकं ल्याएपछि मीनालाई उच्च शिक्षाका लागि धनगढी पठाएको र आफैले मीनालाई लाखौ रुपैयाँ समेत खर्च गरेको लालबहादुरले बयान दिएका छन् । हतियार सहित अभियुक्तलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।

लालबहादुरले यही जेठ २८ गते राति भान्सामा रहेकी मीनालाई गोली प्रहार गरी हत्या गरेका थिए । हत्यामा प्रयोग गरिएको हतियार उनले २०७२ साल असोजमा आफै खरिद गरेको बयानमा बताएका छन् ।

धनगढीस्थित सुदूरपश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत मीना विदाको समय पारेर घर गएको मौका छोपी हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान क्षेत्रीय अनुसन्धान ब्यूरो (आरआइटी) ले गरिरहेको छ ।

ब्यूरो प्रमुख केशवराज जोशीले हत्यामा प्रयोग गरिएको हतियारबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।