बनेपा, ७ असार । काभ्रेपलाञ्चोकमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
बोधिचित्त माला लुटेर भागेको अवस्थामा प्रहरीले पिछा गरेर उनीहरुलाई गोकुले गाविसबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी निरीक्षक विदुर थापाले जानकारी दिनुभयो ।
पक्राउपर्नेमा सिन्धुपाल्चोकका २८ वर्षीय कृष्णबहादुर श्रेष्ठ र ३३ वर्षीय गोपाल श्रेष्ठ रहेका छन् । प्रहरीले जिल्लामा बोधिचित्त मालाको सुरक्षाका लागि विभिन्न स्थानमा नियमित गस्ती गर्दै आइरहेको छ । रासस












प्रतिक्रिया