९ कार्तिक २०८३, सोमबार

नेपाली चढेको बसमा यसरी भएको थियो आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Afghan security forces inspect the damage of a minibus that was hit by a suicide attacker at the site of the incident in Kabulकाठमाडौं, ७ असार । अफगानिस्तानको काबुलमा अति सुरक्षित स्थानमा छ क्यानेडेली दूतावास । यही दूतावासको बाहिरी सुरक्षामा हुन्छन् नेपाली युवा ।

उनीहरुलाई दूतावासले सिधा होइन डायनकर्प इन्टरनेश्नलबाट सुरक्षाका लागि भर्ती गर्छ । गोरखा पत्र दैनिकले समाचार छापेको छ ।

दूतावासको सुरक्षाका लागि काम गरे पनि नेपाली युवा दूतावासको सुरक्षित स्थानमा भने बसोबास गर्दैनन् ।

उनीहरुलाई डायनकर्पले काबुल जलालाबाद हाइवेको नजिकै पर्ने पीडि– ९ को बनाया क्षेत्रमा बसोबासको व्यवस्था मिलाएको छ ।

अरु दिनजस्तो सोमबार बिहानै दूतावासको सुरक्षामा खटिने नेपाली टोली काबुलको क्यानेडेली दूतावास जान तयार भए ।

उनीहरु सुनौलो र सेतो रङको मिनी बसमा चढेर काबुल जाँदै थिए । बस नेपालीहरु बस्ने स्थानबाट काबुल जालालाबादको मुख्य सडकमा छिर्यो ।

बस अफगानिस्तानको समयअनुसार बिहान ५ बजेर ४० मिनेट जाँदा मुख्य सडकमा प्रवेश मात्रै गरेको थियो । ठूलो आवाजसहित विस्फोटनमा पर्यो ।

बसलाई पैदलै आएका आत्घाती आक्रमणकारीले हमला गरेको काबुलका प्रहरी प्रमुख जनरल अब्दुर रहरमान रहिमीले जानकारी दिए ।

यही हमालामा १२ नेपालीको मृत्यु भयो भने ६ नेपाली घाइते भए ।

विस्फोटनमा परेर दुई भारतीयको समेत मृत्यु भएको छ भने चार अफगानी पनि घाइते भएको अफगानिस्तानको गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

यसअघि २०६१ भदौमा पनि इराकमा पुगेका १२ नेपालीको अपहरण गरी आतंककारीले निर्मम हत्या गरेका थियो ।

विस्फोटमा परी मृत्यु हुने नेपाली आफ्नो दूतावासको सुरक्षाका लागि काम गरिरहेको जाकनारी काबुलस्थित क्यानडाली दूतावासले दिएको छ ।