
काठमाडौं, ७ असार । आगामी जुन २६ गते पर्ने लागु औषध दिवसलाई लक्षित गरी सोमबारदेखि राजधानीमा लागु औषध सप्ताह सुरु भएको छ ।
नेपाल सरकार, गृह मन्त्रालय, लागु औषध नियन्त्रण शाखाका अधिकृत तथा लागु औषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जय बहादुर चन्द लगायत अन्य कर्मचारीहरुको संयुक्त आयोजनामा लागु औषध दिवसको सप्ताहब्यापी कार्यक्रम अन्तरगत पहिलो दिन राजधानीका विभिन्न ठाउँमा सवारी साधनमा लागु औषधसम्बन्धि जनचेतनामूलक स्टिकर टाँसिएको छ ।

लागु औषध सप्ताहको सुरुवात गर्दै डीआईजी चन्दले सवारी साधनमा सामूहिक रुपमा स्टीकर टासेका थिए । यो अभियान जुन २६ सम्म चल्ने नेपाल प्रहरीको केन्द्रीय लागु औषध नियन्त्रण शाखाले जनाएको छ ।

















प्रतिक्रिया