काठमाडौं, ६ असार । एमाले निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ(फेनडिन)को अधिवेशन साउन १५ र १६ मा हुने भएको छ ।
महासंघका अध्यक्ष तथा एमाले सचिव पृथ्वीसब्बा गुरुङले अधिवशेन काठमाडौंमा हुने जानकारी दिए । अधिवेशन बारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा सचिव सुब्बाले भने,‘महासंघ एमालेको कान्छो मोर्चा संगठन हो । यसको पहिलो अधिवेशन साउन १५ र १६ मा हुने तय भएको छ । अधिवेशन भब्यताका साथ गर्ने तयारी भएको छ ।’
सचिव सुब्बाका अनुसार अधिवेशन गर्न प्रतिवेदन तयार उप–समिति, विधान संसोधन उप–समिति, प्रतिनिधि छनोट उप–समिति, प्रचार–प्रसार उप–समिति, खाद्य व्यवस्था उप–समिति, स्वयम् सेवक परिचालन उप–समिति,आवास व्यवस्थापन उप–समिति र मञ्ज तथा हल व्यवस्थापन उप–समिति गरि आठ उप समिति गठन गरिएको छ । उप–समितिको संयोजन भने सचिव गुरुङ आफैले गर्नेछन् ।
महासंघले अधिवेशन गर्न बाँकी जिल्ला, अञ्चल र जातीय घटक संघलाई निर्देशन समेत गरेको छ । महासंघले घटक संघका अधिवेशन असार मसान्त सम्ममा सक्न निर्देशन गरेको छ ।















प्रतिक्रिया