१ कार्तिक २०८३, आइतबार

प्रश्रितको ७५ औं जन्मोत्सवमा साहित्यीक संस्थाको अभिनन्दन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahakavi Prasit feature news photo 75th Janamutsav @ Bhairahawa (14)

– नरेश केसी

भैरहवा । महाकवि मोदनाथ प्रश्रितको ७५ औँ जन्मोत्सवका अवसरमा प्रश्रित प्रतिष्ठान तथा सिद्धार्थ साहित्य परिषद्ले संयुक्त रुपमा भैरहवामा विशाल साहित्यीक कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार सम्पन्न नेपाली साहित्यमा प्रश्रितको योगदान विषयक विचारगोष्ठी तथा बहुभाषी कविगोष्ठी मा नेपालको पुर्व मेचीदेखी पश्चिम कालीसम्मका साहित्यीक संघसंसथाको प्रतिनिधी उपस्थित रहेका थिए ।

कार्यक्रममा देशका विभिन्न साहित्यीक संस्थाले अभिनन्दनपत्र मार्फत महाकवि प्रश्रितको जन्मउत्सवलाई उल्लासमय ढंगले मनाएका छन् ।

प्रश्रित प्रतिष्ठान नेपाल केन्द्रिय समिती अध्यक्ष प्राध्यापक डा. कपिलदेव लामिछानेको सभापतित्व एवं सिद्धार्थ साहित्य परिषदका अध्यक्ष सहप्राध्यापक डिल्लीराज भट्टराइको सन्चालन तथा शिक्षावीद बालकृष्ण भट्टराइको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा नेपालका स्थापीत साहित्यीक संस्थाले अभिनन्दनपत्र एवं खादा र ढाकाटोपी उपहार दिदैं उनको जन्मउत्सवको शुभकामना दिएका थिए ।

डा बालकृष्ण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पुर्व मेचीदेखी पश्चिम कालीसम्मका साहित्यकारहरुले भरिएको भैरहवा स्थित निर्माण व्यवसायी संघको हल भरिएको थियो । सो अवसरमा सिद्धार्थ साहित्य परिषद, रुपन्देही, प्रश्रित प्रतिष्ठान नेपाल, केन्द्रिय समिती, सिर्जनसील साहित्यीक समाज रुपन्देही, बुटवल साहित्य कला संस्कृति प्रतिष्ठान बुटवल, प्रेमा वाङमय प्रतिष्ठान नवलपरासी, जनसाहित्यीक मन्च नेपाल, रुपन्देही, तरंग साह्त्यिीक संगम पाल्पा, चितवन समसामयीक पत्रिका, चितवन, जनसाहित्यीक मन्च पाल्पा लगायतका संघसंस्थाले महाकवि प्रश्रितलाई अभिनन्दन गरेका छन् ।

यसैबीच सोही अवसरमा प्रश्रितको जन्म उत्सवको अवसरमा विचारगोष्ठी सम्पन्न भएको छ । दोस्रो सत्रको रुपमा भएको उक्त कार्यक्रम सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराइको सभापतित्व एवं रुद्र ज्ञवालीको सन्चालनमा सम्पन्न भएको हो । सो गोष्ठीमा प्रा.डा. भिम खतिवडाले प्रश्रितका महाकाब्यका बैचारिक चेतना विषयमा कार्यपत्र पेश गरेका थिए । डा. शिव प्रसाद पौड्यालले नेपाली निवबन्धको विकासमा प्रश्रितको योगदान, डा. सुदन पौडेलले प्रश्रितका महाकाब्यमा मानवताबाद, नरनाथ लुइटेलले प्रश्रितका महाकाब्यमा हास्यव्यंग्य चेतना , टंक पन्थले प्रश्रितका महाकाब्यमा रस अलंकार, नारयण पन्थले प्रश्रितका महाकाब्यमा अलंकार , प्रा.डा. कपील लामिछानेले नेपाली नाटकको विकासमा प्रश्रितको योगदान र प्रा.डा. यदुनन्दन उपाध्ययले नेपाली महाकाब्यको विकासमा प्रश्रितको योगदान विषयका पत्र पेश गरेका थिए । सो पत्रको समीक्षा प्रा.डा नारायण प्रसाद खनालले गरेका थिए ।

कार्यक्रममा साहित्यकार रुद्र ज्ञवाली (रुपन्देही) , रामप्रसाद अर्याल –पाल्पा), कल्पना ओली सिटौला –मेची) लाई सम्मान गरिएको थियो । तिनै जना सम्मानित स्रष्टाको बारेमा क्रमशः बनमाली निराकार, राजेश अर्याल र देवीचरण भण्डारीले परिचय दिएका थिए ।

सोही अवसरमा देवेन्द्र घिमिरे र बालकृष्ण भट्टराइले मेरा सहयात्री प्रश्रित बारे प्रकाश पारेका थिए । महाकवि मोदनाथ प्रश्रितले २०२३ मै मानव महाकाव्यका लागि मदन पुरस्कार पाएका हुन् । उनका अहिलेसम्म पाँच दर्जन जति पुस्तकहरु प्रकाशित भइसकेका छन् ।
कार्यक्रममा सयौं साहित्यीक स्रष्टाको भब्य सम्मान ग्रहण पश्चात महाकवि प्रश्रितले बुद्धको देशमा जो जहां रहेता पनि सबै नेपाली भएको जनाउदैं भने “ बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवामा मलाई जसरी सम्मान गरियो । यसले मलाइ किशोरवस्थामा पुराएको छु । यस अवसरमा म सबैलाई अनुरोध गर्छु । हामी सबै मानव हो , मानव भएर बाच्न सिकौं । ”

महाकवि प्रश्रितले बुद्धले सबै मानव एक भएको २५६० वर्ष पहिले जनाएता पनि अहिले सम्म जातिय कुरा गर्नु मुर्खता भएको तर्क गरे । कार्यक्रममा कविहरु झाक्रि खोले, प्राज्ञ बुंद राना, प्रा.डा. नारायण खनाल, अर्जुन ज्ञवाली, डा. बालकृष्ण थापा, लगायतले प्रश्रितको बहुआयमीक पक्षको बारेमा प्रस्टाएका थिए ।

कार्यक्रममा कविता पौड्याल, आश्रीत प्रतिष्ठानका अध्यक्ष्ँ देवेन्द्र घिमिरे, मणिराम भट्टराइ, डा. दामोदर ढकाल, डा. हिरण्य ज्ञवाली, तेज प्रसाद पन्थ, भरत कुमार पोखरेल, रमेश समर्थन, दिपक ज्ञवाली, बाबुराम पाण्डे, उमेश रिजाल, राजेन्द्र घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।