१ कार्तिक २०८३, आइतबार

समाजसेवामा मिस पूर्वाञ्चल प्रियंका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

miss-purbanchal-Priyanka

काठमाडौं । मिस पूर्वाञ्चल २०७२ कि बिजेता प्रियंका श्रेष्ठले काठमाडौं गौशलास्थित वाल सारथी एकेडेमीका वालवालिकाहरुलाई सहयोग गरेकी छिन् ।

आइतवार इन्टरनेशनल फार्दश डेको अवसर पारेर त्यहा अध्ययनरत निम्न आर्थिक अवस्थाको परिवारमा हुर्किएका वालवालिकाको लागि स्टेशनरीका समाग्री सहित खानेकुरा सहयोग गरेकी हुन् ।

प्रियंकाले फुटवल, कपि, डट र बिस्कुट सहयोग गरेको गरिन् । आफ्नो साथी जुनु थापा मार्फत त्यहाका वालवालिकाको बारेमा थाहा पाएपछि सहयोग गरेको बताईन् । ‘निम्न आर्थिक अवस्थाको परिवारमा रहेका वालबालिकाहरुलाई सहयोग गर्न एकदमै मनपर्छ, प्रियंकाले भनिन् ‘सकेको सहयोग गरेकी हुँ ।’

बिस्कुट तथा स्टेशनरीका समाग्री पाएपछि वालवालिकाहरु निक्कै खुशी भएका थिए । त्यहा कार्यरत शिक्षकहरुले प्रियंकाको कामको प्रशंशा गर्दै धन्यवाद व्यक्त गरे ।

प्रियंकाले वालवालिकाहरुको लागि सहयोगको कामलाई निरन्तरता दिने बताईन् ।