काठमाडौं, ६ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणप्रति दुःख व्यक्त गरेका छन् ।
आज विहान काबुलमा भएको आत्मघाती आक्रमणमा १४ जना नेपाली सुरक्षा गार्ड मारिएका थिए ।
घटनालगत्तै मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपाल र अफगानिस्तान सरकार तथा मृतक परिवारप्रति सम्वेदना पनि व्यक्त गरेका छन् ।
नेपाललाई सहयोग गर्ने भनाई
यसैबीच मोदीले दुःखको घडीमा नेपाल सरकारलाई सहयोग गर्न लागिरहेका बताएका छन् । पहिलो ट्वीटमा दुःख व्यक्त गरेका मोदीले दोस्रो ट्वीटमा दुःखको यस घडिमा आवश्यक सहयोग गर्न कदम चालिएको बताएका हुन् ।


















प्रतिक्रिया