१ कार्तिक २०८३, आइतबार

बिपुल क्षत्रीले लस एन्जेलसमा प्रस्तुति गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bipul joshi– विजय थापा

वाण्शिंगटन डिसी । गायक बिपुल क्षत्रीसहितको टोलीले अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जेलसमा सांगीतिक प्रस्तुति गर्ने पक्का भएको छ ।

भेट भयो आज सिन्डिकेटको माझ…, आकाशलाई छुने संसारलाई ढाक्ने…, पानी प¥यो सरर…, डडेलो लाग्यो त्यो पारी डाँडा…जस्ता गीतहरुबाट आफ्नो पहिचान देखाउन सफल गायक क्षत्री तथा टोलीले लस एन्जेलसमा हुँदै गरेको नेपलिज अमेरिकन सम्मेलनमा पहिलो पटक प्रस्तुति दिने भएका छन् ।

क्षत्री तथा सांगीतिक टोलीले जुलाई ४ मा भब्य प्रस्तुति गर्ने छन् । क्षत्रीका गीतहरुले गत वर्ष हिट्स एफ एम अवार्ड तथा अन्य पुरस्कार जितेका थिए ।

छोटो समयमा कर्णप्रिय गीत गाएर लोकप्रिय हुँदै गरेका गाएक क्षत्रीले अस्ट्रेलिया, लन्डन, दुबई तथा नेपालमा प्रस्तुति गरी सकेका छन् । कालिंपुङ्मा जन्मिएका क्षत्री पेशाले संगीत शिक्षक पनि हुन् ।