९ कार्तिक २०८३, सोमबार

श्रीमानमार्फत कुरा पुगिसकेको छ…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mobile Phoneकाठमाडौं, ३ असार । ‘ढकाल श्रीमान् (न्यायाधीश)सँग कुरा भएको छ,नहटाउनुस् (पेसी) भन्नुहुन्छ’,अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीसँग मोबाइलमा भन्छन् । ‘हुन्छ भन्नुभाुछ ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,’ सेवाग्राही (वादी) कृष्णकुमारी ढकालले अन्तिम पेसीमा जितहारको सुनिश्चितता हुन्छ कि हुन्न भन्ने शंका व्यक्त गर्दै अधिकारीलाई जवाफ फर्काउँछिन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘मैले नै कुरा गरेको हो, नारायण श्रीमानमार्फत कुरा पुगिसकेको छ ।’ अधिकारी विश्वस्त पार्दै थप्छन्, एकजना पदमराज भट्ट भन्ने न्यायाधीश हुनुहुन्छ क्या त्यहाँ, म घरमा गएको थिएँ, श्रीमानलाई त नारायण शाहले विपक्षीबाट भनेको रहेछ, मैले रियल कुरो बताएको छु, मेरा ६ जना रेडी छन् नहटाउ ।’

‘यताबाट १० लाख दिए मिल्छ भन्छन्, म ढुक्क हौँ ?’ वादी ढकालले मुद्दा मिलाउन आफूलाई अन्यले गरेको अफर सुनाइन् । दिदी हजुर, चिन्ता नलिबक्सियोस्, म सबै मिलाउँछु ।’ अधिकारी ढकाललाई आस्वस्त पार्छन् ।

पुनरावेदन अदालत पाटनमा चेक अनादरसम्बन्धी मुद्दामा अधिवक्ता र वादीबीच अन्तिम पेसीअघि भएको संवाद हो यो । संवादमा अधिवक्ताले पुनरावेदन अदालत पाटनका न्यायाधीश चण्डिराज ढकाल र पदमराज भट्टको नाम लिँदै मुद्दा मिलाउने आश्वासन दिइरहेको छन् ।

नागरिकलाई प्राप्त संवादको अडियो रेकर्डमा विपक्षीले समेत नारायण शाह नामका व्यक्तिमार्फत न्यायाधीशसँग कुरा गरेको उल्लेख छ । प्रहरीले संवादका पहिलो पक्ष रहेका डिफेन्स ल फर्मका संचालक अधिवक्ता सञ्जयराज अधिकारीलाई मुद्दा मिलाईदिने भन्दै ठगी गरेको आरोपमो पक्राउ गरिसकेको छ ।