९ कार्तिक २०८३, सोमबार

खाना पकाउने ग्यासका लागि फेरि उपभोक्ताले दुःख पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gass-Nepaliकाठमाडौं, ३ असार । सरकारले एचपी ग्यासको खरिद ढुवानीमा आदेश (पीडिओ) रोक्का गर्ने निर्णय गरेपछि व्यवसायी आन्दोलित भएका छन् ।

उनीहरुले निर्णय नसच्याए ५ दिनपछि सम्पूर्ण उद्योग बन्द गर्ने चेतावनी दिएका छन् । कारोबार दैनिकले समाचार छापेको छ ।

नेपाल एलपी ग्यास उद्योग संघले बिहीबार एचपी ग्यासको पीडिओ रोक्का गर्ने निर्णय फिर्ता लिन सरकारलाई ५ दिने अल्टिमेटम दिएको हो ।

संघले आपूर्तिमन्त्री गणेशमान पुनलाई अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएको छ ।

संघ अध्यक्ष शिवप्रसाद घिमिरेले उद्योगको कुनै पनि गल्ती नभई एचपी ग्यासको पिडिओ रोक्का गरिएकाले निर्णय नसच्याए ५ दिनपछि सबै उद्योगले पिडिओ सुविधा नलिई उद्योग बन्द गर्ने चेतावनी दिए ।

राष्ट्रिय उपभोक्ता हित परिषदको बुधवारको बैठकले एचपी ग्यास सिलिन्डर विस्फोटनबाट मानवीय क्षति भएको भन्दै पिडिओ रोक्का गर्न नेपाल आयल निगमलाई निर्देशन दिने निर्णय गरेको थियो । सो निर्णय फिर्ता गर्न उद्योगीहरु लागिपरेका छन् ।