१ कार्तिक २०८३, शनिबार

मनमोहन नकआउट फुटबलः वडा नंं १० ले जित्यो उपाधि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Football

बुटवल, २ असार । १४ औं मनमोहन स्मृति रनिङ शिल्ड नकआउट फुटवल प्रतियोगिता –२०७३ को उपाधि वडा नं. १० ले हात पारेको छ ।

विहिबार भएको फाईनलमा वडा नं. ८ लाई २–० ले हराउँदै वडा नं. १० ले उपाधि हात पारेको हो । वडा नं. १० को उपाधि रक्षाका लागि खेलको ६३ औं मिनेटमा महेश अस्लामी र ७३ औं मिनेटममा दिलु थापाले गोल गर्दै टिमलाई २–० को सहज जित दिलाए । उपाधि हात पारे सँगै वडा नं. १० ले नगद ४० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्यो ।

त्यस्तै उपविजेता बनेको वडा नं. ८ ले नगद २० हजार सहित कप, मेडल र प्रमाण पत्र हात पा¥यो । पहिलो पटक फाईनलमा प्रवेश गरेको वडा नं. ८ ले खेल अबधिभर राम्रो प्रदर्शन गरेपनि नतिजा भने आफ्नो पक्षमा पार्न सकेन ।

विजेता तथा उपविजेतालाई युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष राजु गुरुङ, युवा संघ नेपाल बुटवल उपमहानगरकमिटि अध्यक्ष धनसिंह खाम्चा, खेल संयोजक गणेश थापाले संयुक्त रुपमा पुरस्कार वितरण गरे ।

त्यसैगरी विहिबार भएको खेलमा वडा नं. १० का महेश अस्लामी म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर सुमित कार्की, किप्परमा किशोर राना, सर्वाधिक हाईस्कोरमा वडा नं. १३ का अनुप गुरुङ र सर्वोत्कृष्ट खेलाडिमा वडा नं. ९ का सोनम थापा घोषित भए ।

बुटवल उपमहानगर पालिकाको प्रमुख प्रायोजन गरेको प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो ।