२६ कार्तिक २०८३, बिहिबार

भूकम्प पीडित वस्तीमा पुगे प्रधानसेनापति, सेनाले धमाधम अस्थायी आवास बनाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukamap-house-sena (1)

काठमाडौँ, २ असार । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेनाद्वारा निर्माणाधिन आवास निर्माणस्थलहरुको आज निरीक्षण गर्नुभएको छ ।

निरीक्षणको क्रममा उहाँले सिन्धुलीस्थित ढुङ्ग्रेबासमा भूकम्प पीडितका लागि निर्माणाधिन अस्थायी आवास भवनको निरीक्षण गर्नुभएको थियो ।

त्यसैगरी, उहाँले आजै सर्लाहीस्थित रणशेर गणको निरीक्षण गर्नुका साथै विशेष फौज बाहिनीअन्तर्गत महावीर गण (रेञ्जर) बाट हेटौंडामा प्रदर्शन गरिएको तालिमको अभ्यासको समेत निरीक्षण गर्नुभएको थियो ।

bhukamap-house-sena (2)

निरीक्षणकै क्रममा मकवानपुर जिल्लाको भिमफेदी गाविस–४ स्थित विर्ता हात्तिसारमा नेपाली सेनाले भूकम्प पीडितका लागि निर्माण गरिरहेको अस्थायी आवास भवनको पनि अवलोकन गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सो क्रममा उहाँले प्रकृति संरक्षण, राष्ट्र निर्माण र विपद् व्यवस्थापनमा समेत सहयोग गर्नुपर्ने बताउनुभयो ।

bhukamap-house-sena (3)

विनाशकारी भूकम्पबाट बढी क्षति भएका ११ जिल्लामा स्थानीय भूकम्प पीडितका बासस्थानको लागि सामूहिक आवास भवन पुनर्निर्माण गर्ने जिम्मेवारी पाएलगत्तै नेपाली सेनाले पुनर्निर्माणको कार्य तीब्ररुपमा जारी राखेको छ ।

यसअन्तर्गत सेनाले ११ वटा जिल्लाको कठिन एवम् दुर्गम विभिन्न ३६ वटा स्थानहरुमा गरी कुल ४६८ परिवारलाई अहोरात्र खट्टिई अस्थायी आवास निर्माण गर्ने कार्य गरिरहेको छ ।

bhukamap-house-sena bhukamap-house-sena-1 bhukamap-house-sena-2 bhukamap-house-sena-3 bhukamap-house-sena-4 bhukamap-house-sena-5 bhukamap-house-sena-6