१ कार्तिक २०८३, आइतबार

चिनियाँ कम्पनी ह्वावेको सस्तो स्मार्ट फोन नेपाली बजारमा

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Huawei-Y3II

काठमाडौं, २ असार । इन्ट्री लेबलका नेपाली स्मार्ट फोन प्रयोगकर्ता प्रति लक्षित गरेर चिनियाँ कम्पनी ह्वावेले उपभोक्ता व्यवसाय समूहले आफ्नो स्मार्ट फोनहरुको नयाँ रेन्जमा Y3 II लन्च गरेको घोषणा गरेको छ ।

सजिलै प्रयोग गर्न सकिने यस उपकरणको मूल्य रु ९ हजार निर्धारण गरिएको छ र यो Arctic White र Obsidian Black गरी दुई रंगहरुमा उपलब्ध छ ।

उत्साहजनक डिजाइन र पर्फरमेन्स भएको यो धेरै टिक्ने र सुपथ मूल्यको स्मार्ट फोनको मुख्य विशेषताहरुमा रेन्बो लाइट, पावर प्याक्ट ब्याट्री, सुपर फ्ल्यास् र साउण्ड पर्छ । पहिलो पटक स्मार्ट फोन चलाइरहेका प्रयोगकर्ताहरुका लागि ह्वावे Y3 II उत्कृष्ट मित्र जस्तै हुने कुरामा ह्वावे उपभोक्ता व्यवसाय समूहको विश्वास रहेको मिरेश अधिकारीले जानकारी दिए ।

१. जीवन्त र आकर्षक डिजाइन

Y3 II मा रहेको रेन्बो लाइटले नोटिफिकेशन आउँदा र ब्याट्री कम हुँदा क्यामराको वरिपरि विस्तारै फ्ल्यास् लाइट बल्न मद्दत गर्दछ । तपाईं यो फ्ल्यास् विशेषताको मजा आफ्नो फोन बज्दा पनि लिन सक्नुहुन्छ । यसका साथै तपाईंले आफ्नो मुड अनुसार लाईट सेट गरी अरुको फोनमा कोड मेसेज पनि पठाउन सक्नुहुन्छ ।

२. सहज प्रयोगका लागि बनाइएको

अब अनगिन्ती क्लीकहरुलाई बिदा दिनुहोस् । इजी कि को साथ आफ्नो मनपर्ने फङ्सन र एप्लिकेसनको सटकट सेट गरेर अब तपाईं समयको बचत गर्न सक्नुहुन्छ । यस विशेषताका साथ ३ साधारण तरिकाले तपाईं आफ्नो स्मार्ट उपकरण चलाउन सक्नुहुन्छ, त्यो हो– प्रेस, डबल प्रेस र प्रेस अनि होल्ड । निकै नै विचार पुर्याएर इजी किलाई पावर कि र भोल्युम किभन्दा विपरित भागमा राखिएको छ, ताकि तपाईं आरामले आफ्नो फोनलाई आफ्नो हातमै राख्नुहोस् ।

३. उत्कृष्ट साउन्ड क्वालिटी

यस फोनमा रहेको सुपर स्पिकरमा ८६ dB सम्मको क्षमता रहेको छ, जसले ठूलो र उच्चस्तरीय साउण्ड क्वालिटीको अनुभव प्रदान गर्दछ । यस फोनमा भएको उत्कृष्ट साउण्ड र म्यूजिकको बिटमा फ्ल्यास् हुने रेन्बो लाइटका साथमा तपाईंको पार्टी अनुभवलार्ई थप स्मरणीय बनाउनेछ । साथै अति चम्किलो दुईवटा LED फ्ल्यास्, जसको पावर ११० LUX  भन्दा बढी रहेको छ, जसले गर्दा तपाईं अब अँध्यारोमा पनि सजिलैसँग आफ्नो सामान खोज्न सक्नुहुनेछ ।

४. तीव्र र उत्कृष्ट पर्फरमेन्स

ह्वावे Y3,  1.3GHz क्वाड–कोर प्रोसेसरका साथ १ जिबी र्याम र ८ जिबी रोममा साथ उपलब्ध रहेको यस फोनको पर्फरमेन्स राम्रो रहेको छ । यसमा रहेको ५ एम पि.को ब्याक क्यामरा र २ एम पि फ्रन्ट क्यामराले तपाईंको फोटो खिच्ने अनुभवलाई निकै रमाइलो बनाउनेछ । साथै यसमा भएको २१०० एमएएच् ब्याट्री क्षमताको कारण तपाईं निश्चिन्त्त भई आफ्नो फोन लामो समयसम्म चलाउन सक्नुहुनेछ ।

ह्वावे उपभोक्ताको पृष्ठभूमि

ह्वावेको उत्पादन र सेवाहरु विश्वको एक तिहाई मानिसहरुले १७० भन्दा बढी देशमा प्रयोग गर्दछन् । २०१४ मा ह्वावे विश्वकै तेस्रो ठूलो स्मार्टफोन निर्यात गर्ने कम्पनीमा परेको थियो ।

अमेरिका, जर्मनी, स्विडेन, रुस, भारत र चीनमा ह्वावेको १६ वटा अनुसन्धान र विकास सेन्टर रहेका छन् । ह्वावे उपभोक्ताको पृष्ठभूमि पनि ह्वावेकै एक भाग हो जसले स्मार्टफोन, मोबाइल ब्रोडब्यान्ड र क्लाउड सम्बन्धी कामहरु हेर्दछ । यस कम्पनीको ग्लोबल नेटवर्क टेलिकम उद्योगमा २० वर्ष विशेषज्ञताको आधारमा निर्माण गरिएको हो र यसले विश्वभरका ग्राहकहरुलाई नवीनतम प्राविधिक सेवा दिदैं आएको छ ।