२६ कार्तिक २०८३, बिहिबार

भारतीय रेलमा लुटिए १० नेपाली, गाउँमा स्कुल बनाउने सपना चकनाचुर

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lutiyeka
लुटिएका दुई नेपालीहरु दिल्लीस्थित नेपाली दूतावासमा ।

– शेरबहादुर थापा

मुम्बई, २ असार । भारतको कर्नाटक राज्यबाट आर्थिक संकलन गरि नेपाल फर्किन लागेका १० नेपाली युवा भारतको उत्तरप्रदेश स्थित झाँसीमा लुटिएका छन् ।

बझाङ जिल्लाको लामातोला ७ स्थित जनकल्याण निमाविका लागि आर्थिक सहयोग संकलन गर्न गएका डबलबहादुर सिंहको २५ हजार रुपैयाँसहित उनीसँगै फर्किन लागेका बझाङ जिल्लाका देवेन्द्र कठायत, बझाङकै धनि विष्ट, दैलेखका शमशेर खत्री लगायत १० जना नेपालीलाई रेल्वे प्रहरीको ड्रेसमा आएका लुटेराले आज विहान ४ बजे लुटपाट गरेका बताइएको छ ।

उनीहरुले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा दिएको निवेदन अनुसार सबै नेपालीबाट कम्तीमा पनि ४५ हजार लुटिएको दाबी गरिएको नयाँ शक्ति नेपालका केन्द्रीय परिषद सदस्य कृष्ण गैह्रेले बताए ।

यसरी दिनानुदिन नेपालीमाथि भइरहेका लुटपाट, हत्या जस्ता घटनाले पुरै भारतभरि नै काम गर्दै आइरहेका नेपाली श्रमिकहरुलाई त्रसित तुल्याएको दिल्लीबाट कृष्णराज गैह्रेले हामीलाई बताए ।

लुटिएका नेपालीहरु झाँसी हुँदै दिल्ली भएर नेपाल फर्किन लागेका बताइएको छ ।

नयाँ शक्तिका गैह्रैले बताएअनुसार नेपाली राजदूतावासको पहलमा लुटेराहरुलाई पक्राउ गर्न समेत पहल भइरहेको छ । नेपाली राजदूतावासका कन्सुलर तथा नेपाल प्रहरीका एसएसपी यादवराज खनालले तत्काल यो समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्वता गरेका छन् ।

लुटिएका डबल बहादुर सिंह र धनि विष्टलाई आफूले घर पठाउने खर्चको व्यवस्था गरिदिएको समेत नयाँ शक्तिका गैह्रेले बताए ।