दाङ । एक्शन, प्रेम र सामाजिक विषयबस्तुमा आधारित सन्देशमुलक वहुचर्चित चलचित्र पर्शुरामको सुटिङ कार्य सकिएको छ ।
व्ल्याक चिल्ली इन्टरटेटमेन्टको व्यानरमा निर्माण भएको पर्शुरामको अधिकांश सिनहरु दाङका विभिन्न महत्वपूर्ण स्थामा सुटिङ गरिएको छ । चलचित्रमा समावेश २ वटा गीतहरु लुम्विनी अञ्चलका विभिन्न भागहरुमा गरिएको छ । एनआर घिमिरेको कथा एवं निर्देशनमा तयार भएको चलचित्रमा केन्द्रीय एवं स्थानीय कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रमा चर्चित नायक किशोर खतिवडाले पर्शुरामको भूमिकामा आफूलाई उतारेका छन् । चलचित्रमा नायकका रुपमा नवराज रावत, नायीकामा स्वस्ती क्षेत्री, जानभी बस्नेतको सशक्त अभिनय रहेको छ ।
चलचित्रको खलपात्रका रुपमा सुशील पोख्रेल, ध्रुवराज अधिकारी, यादव सैघालीलगायतका कलाकारहरुको भूमिका रहेको छ भने चलचित्रमा नयाँ अनुहारका रुपमा राज राना, महेन्द्र बुढाथोकीले पनि आफ्नो सशक्त अभिनय प्रस्तुत गरेका छन् ।
मोफसलमा क्वालिटीयुक्त क्यामरा र उपकरणहरु प्रयोग गरेर चलचित्रको सुटिङ कार्य सम्पन्न गरिएको र चलचित्रको इडिटिङलगायतका कामहरु पनि सम्पन्न भएको निदेर्शक घिमिरेले जानकारी दिनुभयो । चलचित्रलाई क्वालिटीयुक्त बनाउन कुनै पनि कार्यमा सम्झौता नगरिएको चलचित्रका निर्माता महेन्द्र बुढाथोकीको भनाइ छ ।

अहिलेका राम्रा चलचित्रहरुमा गन्न लायक तवरबाट निर्माण गरिएको चलचित्र पर्शुराममा १ वटा आइटम डान्ससहित चर्चित गायक एवं गायिकाको स्वरमा पाँच वटा गीतहरु समावेश गरिएका छन् । यसका साथै चलचित्रमा ५० बढि घोडाको प्रयोग, दर्जनौं गाडि, मोटरसाइकलहरुको एकैसाथ प्रयोगले चलचित्रलाई आकर्षणयुक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको निर्माता यादव सैघालीको भनाइ छ । चलचित्रमा अनुभवले खारिनु भएका द्वन्द्व निदेर्शक रोशन श्रेष्ठले उत्कृष्टरुपमा एक्शनको काम गर्नु भएको छ ।
चलचित्रको पोष्टर र टिचर केही दिनभित्रै सार्वजनिक गर्ने तयारी निर्माण पक्षले गरेको अर्का निर्माता राज रानाले जानकारी दिनुभयो । चलचित्रलाई नेपालभर एकैसाथ रिलिज गर्ने, विदेशका विभिन्न मुख्य देशहरुमा लगाउने, च्यारेटी शो गर्ने योजना बनाइएको निर्माता पारस बस्नेतको भनाइछ । तीज अगाडि चलचित्र पर्शुराम रिलिज गर्ने गरी चलचित्रको काम अगाडि बढेको र यो चलचित्रले सिने क्षेत्रमा नयाँ रेकर्ड बनाउने विश्वास निर्माण पक्षको छ ।
चलचित्रलाई सबैको मनमुटुसम्म पुर्याउने गरी प्रचारप्रसारको काम व्यापकरुपका गर्ने तयारी गरिएको छ । चलचित्रको शुभमुर्हत दाङको प्रतिष्ठित उद्योगी खडग बुढाथोकीले गर्नुभएको थियो भने चलचित्रको प्रचार प्रसारकाक्रममा काठमाडौं, बुटवल, नारायणघाट, पोखरा लगायतका शहरहरुमा त्यहाँ बुद्धिजीवी, उद्योगी, सिनेक्षेत्रमा संलग्न व्यक्तिहरुसँग विशेष साक्षात्कार गरि सकिएको चलचित्रका कार्यकारी निर्माता सविन प्रियासनले जानकारी दिनुभयो ।
देश र अन्तर्राष्ट्रि स्तरमा रहेका सञ्चार माध्यमहरुमा समेत चलचित्रको व्यापक प्रचारप्रसार गरिने प्रियासनको भनाइ छ ।















प्रतिक्रिया