१ कार्तिक २०८३, आइतबार

धुर्मुस-सुन्तलीलाई सांसद रवीन्द्र अधिकारीले एक महिनाको तलब दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rabindra Adhikari

काठमाडौं, २ असार । युवा सांसद एवं व्यवस्थापिका संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारीले धुर्मुस सुन्तलीलाई एक महिनाको पारिश्रमिक सहयोग गर्ने घोषणा गरेका छन् ।

सिन्धुपाल्चोकमा गिरान्चौर एकीकृत बस्ती निर्माणमा जुटेका उनीहरुले उत्कृष्ट काम गरेको भन्दै उनले यस्तो घोषणा गरेका हुन् । भूकम्प पीडित जनताको मुहारमा खुसी ल्याउने प्रयास स्वरुप भइरहेको काममा सहयोग गर्नु जनप्रतिनिधिको कर्तव्य रहेको उनको भनाइ छ ।

राम्रो कामको कदर स्वरुप आफूले पाउने एक महिनाको पारिश्रमिक (करिब ५० हजार रुपैँया) छिट्टै नै धुर्मुस सुन्तलीलाई प्रदान गर्ने उनले प्रतिबद्धता जनाएका छन् । देश विदेशबाट सहयोगी हातहरु जुट्दै गर्दा जनताबाट चुनिएको प्रतिनिधि भएको नाताले चुप लागेर बस्न मन सकिएन र यो घोषणा गरेको उनले स्पष्ट गरेका छन् ।

सांसद अधिकारीले कुरा भन्दा काम गरेर देखाउन कटिबद्ध हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले कलाकारको तागतलाई उपयोग गरेर उदाहरणीय काममा लागेको भन्दै उनीहरुको प्रशंसा समेत गरेका छन् ।

धुर्मुस सुन्तलीले गरिरहेको कामले पुनःनिर्माणको कामलाई पनि गति लिन बाध्य गराउने उनको भनाइ छ ।